पोखरामा मरेको खसी काटेर मासु बेच्ने दुई जना पक्राउ

Image

पोखरामा मरेको खसी काटेर बचेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र सोही सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्ममा काम गर्ने ३२ वर्षीय राम गुरुङ छन् ।

उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले मरेको खसीको ५४ किलो मासु समेत बरामद गरेको डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

दुवै जनालाई कालो बजारी तथा सार्वजनिक अपराधको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।