राजसंस्था फर्काउन गरिएको आन्दोलनमा हिंसात्मक प्रर्दशन गरेको भन्दै सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित २० जनाविरुद्ध जन्मकैदको मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धानका आधारमा चैत १५ गते तीनकुने घटनामा संलग्न भएको जिकिर काठमाडौँ जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको हो । जसमा ५० जनालाई राज्यविरुद्धको कसुरमा, ११ जनालाई आपराधिक उपद्वव र ८ जनालाई ज्यान मार्ने कसुरमा मुद्दा चलाइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका सहन्याधिवक्ता रामहरी काफ्लेका अनुसार कुल ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । धवल शमशेर राणा र रविन्द्र मिश्रलाई पनि मुद्धा चलाउन सिफारिस गरिएको छ ।














