नवलपरासीमा छोराले गरे बाबु र छिमेकीको हत्या

Image

नवलपरासीको सुनवल नगरपालिका–२ औरहियामा छोराले बाबु र छिमेकीको हत्या गरेका छन् ।

शुक्रबार बिहान ११ बजे ३५ वर्षीय खेमराज थारुले ५० वर्षीय बाबु दयाराम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।

उनीहरू दुवैजनालाई कोदालोले टाउकोमा प्रहार गरेर हत्या गरेका हुन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको डीएसपी पन्तले बताए । खेमराजलाई घरबाटै पक्राउ गरिएको छ ।

हत्याबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।