अमेरिकामा गोली लागेको अवस्थामा दुई बालबालिकासहित चार जना नेपाली मृत भेटिए

Image

अमेरिकाको भर्जिनियास्थित म्यानासस पार्कमा दुई बालबालिकासहित चार जना नेपाली मृत भेटिएका छन् । गएराति बिहीबार करिब १०:४० बजे म्यानासस पार्कस्थित लाने लेनमा रहेको एक घरमा चार जना मृत अवस्थामा भेटिएका हुन्। मृतकहरूमा २ वर्षिय बालक, ८ वर्षिया बालिका, ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ रहेका छन्। प्रहरीले बालबालिकाको नाम सार्वजनिक गरेको छैन।

प्रहरीका अनुसार बन्दुक पनि भेटिएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार यो सम्भवतः ‘मर्डर-सुसाइड’ (हत्या–आत्महत्या) को घटना हो भन्ने आशंका गरिएको छ, तर कसले गोली चलायो भन्ने पुष्टि भएको छैन् । घटनास्थलमा मृतकहरु सबैलाई गोली लागेको छ ।

मृतकहरू बसोबास गर्दै आएको घरका धनीले केही दिनदेखि सम्पर्क नभएपछि प्रहरीलाई ‘वेलफेयर चेक’ (कल्याण जाँच) गर्न अनुरोध गरेका थिए। प्रहरी घटनास्थलमा पुग्दा चारै जना मृत भएका हुन् ।

छिमेकीहरूका अनुसार उक्त परिवार करिब छ महिनाअघि मात्रै सो क्षेत्रमा बसाइँ सरेको थियो। एक छिमेकीलाई बताएअनुसार उनको ८ वर्षीया छोरी मृत बालिकासँग हरेक दिन खेल्थिन्।

चारै जनाको शव परीक्षणका लागि म्यानाससको मेडिकल एक्जामिनरको कार्यालय पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ । गतबर्ष पनि यहि क्षेत्रमा भएको ममता भट्ट हत्या प्रकरण अझै टुंगोमा नपुग्दै भएको यस घटनाले समुदायमा थप चिन्ता बढाएको छ ।