सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थित अमाहा जंगलबाट प्रहरीले एक थान कार र हतियारसहितको अत्याधुनिक राइफल बरामद गरेको छ ।
आइतबार मध्यराति जंगली जनावर सिकार गर्न जंगल पसेको पाँच जनाको समूह प्रहरीलाई देख्ने बित्तिकै फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए ।
प्रहरीले घटनास्थलबाट बा६च ८४०३ नम्बरको कार र बेलायतमा निर्मित अत्याधुनिक बन्दुक बरामद गरेको छ । गस्ती टोलीलाई देख्नेबित्तिकै कार चालकसहित सबै अभियुक्त भागेका थिए ।
डीएसपी खतिवडाका अनुसार कारको नम्बरका आधारमा फरार अभियुक्तहरूको पहिचान भइसकेको छ । उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।













