प्रभु बैंक र नाथन एसोसिएट्स लन्डनबीच आईआईएन कार्यक्रमका लागि सम्झौता

प्रभु बैंक लिमिटेड र नाथन एसोसिएट्स लन्डनबीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) कार्यक्रमका लागि सम्झौता भएको छ।

नाथन एसोसिएट्स लन्डन लिमिटेड ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआइआई), डच इन्ट्रेप्रेन्युरियल डेभलपमेन्ट बैंक (एफएमओ) र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोर्पोरेसन (एसडीसी) द्वारा संयुक्तरूपमा स्थापित संस्था हो ।

नाथन एसोसिएट्स लन्डनमार्फत कार्यान्वयन गरिने कार्यक्रम इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) सँग इन्भाइरोनमेन्ट सोसियल एन्ड गभर्नेस एन्ड इन्भेस्टमेन्ट रेडिनेस सम्बन्ध सहकार्यका लागि सम्झौता भएको बैंकले जनाएको छ ।

नाथन एसोसिएट्स लन्डनका उपसभापति वृद्धिका सामारासिङ्‍घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र आईआईएनका तर्फबाट नाथन एसोसिएट्स लन्डनका नेपाल प्रतिनिधि विवेक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैंक र आइआईएनको संयुक्त सहकार्यबाट नेपाललगायत विश्वभर इन्भाइरोनमेन्ट सोसियल एन्ड गभर्नेसको बढ्दो महत्वलाई अझ विस्तृतरूपमा स्पष्ट पार्ने विश्वास बैंकले लिएको छ ।