नेपाल टेलिकमको फोरजी सेवा अवरुद्ध

Image

नेपाल टेलिकमको फोर जी सेवामा समस्या आएको छ ।

सोमबार दिउसो २ बजेदेखि फोर जी सेवा अवरुद्ध भएकोमा अहिलेसम समाधान हुन सकेको छैन ।

नेपाल टेलिकमले समस्या बारे भनेको छ- ‘आज २०८२/०४/१२ गते दिनको करिब २:०० बजेदेखि नेपाल टेलिकमको फोर जी तथा भिओएलटीइ सेवामा समस्या उत्पन्न हुन गई इन्टरनेट सेवामा अवरोध हुन गएको व्यहोरा सम्पूर्ण ग्राहकवर्गमा जानकारी गराउन चाहन्छौं । साथै कम्पनीको टूजी तथा थ्री जी सेवा नियमित रूपमा सुचारू भैरहेको र फोर जी 

तथा भिओएलटीइ सेवामा उत्पन्न समस्या यथाशीघ्र समाधानको लागि प्रयास भैरहेको व्यहोरा समेत अनुरोध छ ।’