रुबी साहको मृत्यु प्रकरणका अभियुक्तको आत्मदाहको प्रयास

Image

आइतबार सुटकेसभित्र मृत भेटिएकी रुबी देवी साहको मृत्यु प्रकरणका अभियुक्तले आत्मदाहको प्रयास गरेका छन्।

अभियुक्त सोही ठाउँका लक्ष्मण पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनको ३० प्रतिशत भाग जलेको अवस्थामा भेटिएका छन् । उनलाई अहिले गौर अस्पताल पुर्याइएको छ । रुबी र लक्ष्मण पूर्व प्रेमी-प्रेमिका भएको प्रारम्भिक अनुसन्धानमा खुलेको दाबि गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।