आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सोमबारको तुलनामा मंगलबार चार सय रुपैयाँले सस्तिएको सुन बुधबार (आज) पनि दुई सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल मूल्य प्रतितोला ९१ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ५ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १ हजार २०५ रुपैयाँमा कारोबार भएकोमा आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार १९५ कायम गरिएको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार