काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न सहमत भएका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको कानूनमन्त्री धनराज गुरुङले बताए।
“संसदीय समितिको नेतृत्व चाडोभन्दा चाडो चयन गर्ने सहमत भयो । प्रमुख सचेतकलाई राखेर निर्वाचन प्रकृया सभामुखले सुरू गर्नुहुन्छ,” उनले भने ।
गत १५ वैशाखमा प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि २ जेठमा एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।













