सिमकोट विमानस्थल दिनभर व्यस्त

हुम्लाको एकमात्रै सिमकोट विमानस्थलमा आज आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल निकै बढेको थियो । सद्गुरु जग्गी वासुदेवको टोली मानसरोवर कैलाश दर्शन गरेर फिर्ता भएसँगै सिमकोट विमानस्थलमा यात्रुको चापले सिमकोट विमानस्थल आज व्यस्त देखिएको थियो ।

आज तारा र समिट एयरलाइन्सले हुम्लाबाट सिधै पोखरा उडान गरेको जानकारी प्राप्त भएको छ । तारा एयरलाइन्सले तीन उडान र समिट एयरलाइन्सले एउटा उडान हुम्लाबाट विदेशी पर्यटक लिएर पोखरा भरेको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले जानकारी दिए ।

हुम्लाबाट ४७ जना विदेशी पर्यटक आज जिल्ला बाहिरिएको विमानस्थलका प्रमुख गिरीले जानकारी दिए । तारा एयरलाइन्सले तीन उडानमा ३१ जना र समिट एयरलाइन्सले १६ जना विदेशी पर्यटक यात्रुलाई लिएर हुम्लाबाट पोखरा गएको बताइएको छ ।

पैदल मार्गबाट गएर नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गरी आज सद्गुरु सिमकोट आई आजै पोखरा फिर्ता भएका हुन् । हेलिकप्टरबाट सिमकोट फर्किएका सद्गुरुले सुन्दर र पर्यटकीय क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन ऐतिहासिक भएको बताएका छन्। दर्शनको यात्रामा भने केही कठिनाइ हुँदा पैदलमार्गको सडकलाई विकसित गर्न आवश्यक रहेको उनको भनाइ थियो । पैदलमार्गबाट लाप्चा पुगेको उनको टोलीलाई हेलिकप्टरले आज सिमकोट पु¥याएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार