पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु

Image

पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ ।

अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले पक्तिका प्रान्तमा पाकिस्तानी आक्रमणमा तीन खेलाडीको मृत्यु भएको बताएको छ । एसीबीले आक्रमणको निन्दा गर्दै आगामी नोभेम्बरमा हुने पाकिस्तानसँगको त्रिकोणीय टी-२० सिरिज नखेल्ने निर्णय गरेको छ ।

तीन खेलाडीको तस्बिर सेयर गर्दै एसीबीले भनेको छ- ;यी खेलाडीहरूलाई शुक्रबार साँझ पाकिस्तानबाट भएको आक्रमणमा लक्षित गरिएको थियो ।’ अफगानिस्तान क्रिकेट बोर्डका अनुसार, आक्रमणमा तीन खेलाडीहरू – कबीर, सिब्घतुल्लाह र हारुनसहित अन्य पाँच जना सर्वसाधारणको मृत्यु भएको छ ।

बोर्डले भनेको छ- ‘खेलाडीहरूप्रति सम्मान र यस दुखद घटनाको प्रतिक्रियामा, अफगानिस्तान क्रिकेट बोर्डले नोभेम्बरको अन्त्यमा हुने पाकिस्तानसँगको आगामी त्रिकोणीय टी-२० सिरिजबाट फिर्ता लिने निर्णय गरेको छ ।’

यस विषयमा पाकिस्तान क्रिकेट बोर्डबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीच टी-२० सिरिज खेलिने थियो । खेलहरू नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिंडीमा हुने तय भएको थियो ।

Share