आफ्नै छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

Image

आफ्नै छोरा १७ वर्षीय सफल लिम्बुको हत्या गरेको अभियोगमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ भदौरे बस्ने ५२ वर्षीय बखत सिंह लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । 

आफ्नै घर नजिकै बारी बखतले भरूवा बन्दुकले प्रहार गर्दा सफलको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दुर्दिम्बाबाट खटिएको प्रहरीले उनलाई भरूवा बन्दुकसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Share