काठमाडौं । नेपाल बैंकर्स संघले चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति सन्तुलित रहेको बताएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको बताएका हुन् ।
बैंक तथा वित्तीय क्षेत्रबाट जाने कर्जा वृद्धिदर भने ११.५ प्रतिशतको लक्ष्य कम भएको उनले बताए । अघिल्लो वर्ष १२ प्रतिशतभन्दा धेरै रहेकाले यसपटक पनि बढी हुनुपर्ने उनको बुझाइ छ । ‘अहिले ५६५ अर्बको ग्रोथ भनिए पनि रेगुरल बेसिसमा जाँदा ७ सय अर्ब हुन जान्छ,’ उनले भने ।
राष्ट्र बैंकले कर्जा उत्पादनमूलक क्षेत्रमा लैजाने भनेको र यसले रियल इकोनोमीलाई बढाउन सहयोग गर्ने केसीले बताए । राष्ट्र बैंकले घर कर्जा, सेयर कर्जा र अटो कर्जामा सहजीकरण गर्दा सानो(सानो कर्जाको प्रवाह बढेर जाने उनको भनाइ छ ।












