अपी पावर कम्पनी लिमिटेडले बनाएको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएको छ ।
गत शुक्रबार परीक्षण उत्पादन गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डे र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
उत्पादित बिजुलीलाई शैल्यशिखर नगरपालिका–१ बलाचस्थित सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले बताए । उनका अनुसार ८ अर्ब ५० करोड रुपैयाँ लागतमा ३० महिनामा आयोजना सम्पन्न भएको हो ।












