तोलामै दुई लाख ८४ हजार ७ सय पुग्यो सुनको मूल्य

Image

मंगलबार पनि सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी रह्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि सोमबार सुन तोलाको २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदी तोलामा ७० रुपैयाँले बढेर तोलाको ५ हजार ८ सय ८० रुपैयाँ पुगेको छ। सोमबार चाँदी तोलाको ५ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो।