सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्‍यो, चाँदीको मूल्य पनि बढ्यो

Image

नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। आइतबार सुनको मूल्य प्रति तोला दुई हजार चार सय रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला रु ३ लाख ३ हजार ८ सय कायम भएको छ। यो अघिल्लो दिन (शनिबार) कायम भएको रेकर्ड रु ३ लाख १ हजार ४ सय भन्दा थप रु २ हजार सय बढी हो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार हिजो चाँदीको मूल्य प्रति तोला रु ६ हजार १९० मा कारोबार भएको थियो भने आज यो मूल्य रु ६ हजार ४८० पुगेको छ।

नेपालको सुन–चाँदी बजारमा मूल्य वृद्धिका कारणहरूमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको कमजोर हुनु, र नेपाल भित्रको माग बढ्नु जस्ता कारकहरू देखिएका छन्।

सुनचाँदी व्यवसायीहरूका अनुसार यस्तो मूल्य वृद्धि ग्राहक र व्यापारी दुबैका लागि असरदार हुन्छ, विशेष गरी विवाह तथा पर्वहरू नजिकिँदा सुनको माग बढ्ने सम्भावना रहेको उल्लेख गरिन्छ।