सुन–चाँदीको मूल्यमा नयाँ कीर्तिमान: प्रतितोला सुन ३ लाख ९ हजार पुग्यो

Image

लगातार बढिरहेको सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। माघ १२मा सुनको मूल्यमा पुनः ठूलो वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतिकोला ५२ सयले बढेको छ।

यस बढोत्तरीपछि सुनको मूल्य प्रतिकोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतिकोला ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतिकोला २७५ रुपैयाँले बढेर ६ हजार ७६५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

सुन–चाँदीको मूल्य निरन्तर बढिरहँदा लगानीकर्ता तथा उपभोक्तामा असर परेको छ। बजारमा बढ्दो मूल्यले सुनचाँदी उद्योग, गहना व्यवसाय र सामान्य उपभोक्ताको खर्च बढ्ने सम्भावना बढेको विश्लेषकहरूले बताएका छन्।