सुनको मूल्य फेरि बढ्यो, प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँ

Image

लगातार बढिरहेको सुनको मूल्य मंगलबार (माघ १३) पनि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो।

यससँगै सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि सोमबार (माघ १२) सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ६ हजार ७६५ रुपैयाँ थियो।