नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दै, प्रतितोला १३ हजार ४०० रुपैयाँले गिरावट

Image

नेपाली बजारमा सुनको मूल्यमा गिरावट जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १३ हजार ४०० रुपैयाँले घटेको हो।

आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार भने सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला पाँच हजार ५०० रुपैयाँ रहेको थियो।