स्थानीय बजारमा मंगलबार सुनको मूल्य पुनः बढेको छ। शुक्रबारयता निरन्तर घट्दै आएको सुनको मूल्य सोमबार प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ७०० रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबारदेखि सोमबारसम्म सुनको मूल्य कुल ५२ हजार ७०० रुपैयाँले घटेको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १३५ रुपैयाँले बढ्दै पाँच हजार ३३५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
सुनचाँदीको मूल्यमा पछिल्ला दिनहरूमा तीव्र उतार–चढाव देखिएको छ।सुनको मूल्य फेरि उकालो, प्रतितोला ३ हजार ७०० रुपैयाँले वृद्धि















