नेपाली बजारमा सुन–चाँदीको मूल्य बढ्यो

Image

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन आइतबार छापावाल सुन तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार सोमबार चाँदीको मूल्य तोलामा ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ। आइतबार चाँदी तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको बताएको छ।

विशेषज्ञका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै लगानीकर्ताले सुनमा लगानी बढाउने प्रवृत्ति देखिएका कारण नेपाली बजारमा पनि मूल्य वृद्धिको असर परेको हो।