मंगलबार सुन महँगियो, चाँदी सस्तियो

Image

काठमाडौं । नेपाली बजारमा मंगलबार (माघ २७ गते) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको हो। यससँगै छापावाल सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार (माघ २६ गते) छापावाल सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला पाँच हजार २५० रुपैयाँ रहेको चाँदी मंगलबार पाँच हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ।