पाँच जना सवार मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

Image

मुस्ताङ एयर को हेलिकप्टर दोलखा क्षेत्रमा सम्पर्कविहीन भएको छ।

नाइन एन–एएनओ कलसाइन भएको उक्त हेलिकप्टर आज बिहान काठमाडौँ बाट दोलखा तर्फ उडेको थियो।

नागरिक उड्ययन प्राधिकरण का सूचना अधिकारी ज्ञानेन्द्र भुल का अनुसार हेलिकप्टरमा क्याप्टेन सुरज थापा सहित ५ जना सवार रहेका थिए र हालसम्म सम्पर्कमा आउन सकेका छैनन्।

सम्पर्कविहीन हेलिकप्टरको खोजी तथा उद्धार कार्य सुरु गरिएको प्राधिकरणले जनाएको छ।