नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैं गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन्। सुरक्षा स्रोतका अनुसार उनी अहिले परिसर ललितपुरमै रहेका छन्। उनी एक्कासि किन ललितपुर पुगे भन्नेबारे भने औपचारिक रूपमा केही खुलाइएको छैन।
आजै मात्रै जेनजी आन्दोलनसँग जोडिएको घटनामा ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।
















