राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

Image

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गरेका छन्।

शीलत निवासस्थित राष्ट्रपति भवनमा भएको भेटमा आफ्नो पदावधि सकिन लागेका सन्दर्भमा प्रधानन्यायाधीश राउतले राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन्।

प्रधानन्यायाधीश राउतको पदावधि यही चैत १८ गते सकिन लागेकाले सोही सन्दर्भमा भएको भेटलाई औपचारिक तथा शिष्टाचारपूर्ण भेटका रूपमा हेरिएको छ।