त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्ट का अनुसार सोमबार श्रीलंका बाट काठमाडौं आएका भारतीय नागरिक इम्रान अहमद लाई नियन्त्रणमा लिइएको हो।
उनी श्रीलंकन एयरलाइन्सको यूएल–१८१ नम्बरको उडानमार्फत कोलम्बो बाट काठमाडौं आएका थिए। विमानस्थलको भन्सार ‘रि–चेकिङ’ क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले जाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध भेटिएको हो।
प्रवक्ता भट्टका अनुसार उनको साथबाट दुई किलोग्राम ९६ ग्राम गाँजा बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।














