बालेन शाहविरुद्ध अवहेलना मुद्दामा वारेस राख्न सर्वोच्चको अनुमति

Image

सर्वोच्च अदालत ले बालेन्द्र शाह विरुद्ध दायर अदालतको अवहेलना मुद्दामा वारेस राख्न अनुमति दिएको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापा को इजलासले शुक्रबार यस्तो आदेश दिएको हो। यससँगै अब शाहका तर्फबाट वारेसमार्फत मुद्दाको तारेख धाउन सकिने भएको छ।

यसअघि उच्च अदालत पाटन ले काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर शाहले हिन्दी चलचित्र प्रदर्शनमा लगाएको रोक कार्यान्वयन नगर्न आदेश दिएको थियो।

तर उक्त आदेश पालना नगरेको आरोपमा वर्षाकुमारी झा ले शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन्।

मुद्दाको सुनुवाइ जारी रहेका बेला सर्वोच्चको पछिल्लो आदेशले प्रक्रियागत रूपमा वारेसमार्फत प्रतिनिधित्व गर्ने बाटो खुला गरेको छ।