धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा

Image

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। शुक्रबार उनले अर्थ मन्त्रालय मा राजीनामा पत्र बुझाएका हुन्। उनले आफूले स्वेच्छाले पद त्यागेको बताएका छन्।

सरकारलाई सहयोग पुर्‍याउने उद्देश्यले राजीनामा दिएको उनको भनाइ छ। श्रेष्ठलाई २०८१ मंसिर १० मा मन्त्रिपरिषद्ले नेपाल धितोपत्र बोर्ड को अध्यक्षमा नियुक्त गरेको थियो। त्यसअघि अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयसम्म विवाद र खिचातानीमा परेको थियो।

राष्ट्रिय योजना आयोग का उपाध्यक्षको संयोजकत्वमा गठित समितिले अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। तीमध्ये तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा श्रेष्ठ अध्यक्ष नियुक्त भएका थिए।