गत २४ भदौको जेन–जी आन्दोलनका क्रममा रौतहट कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।
हाडनाता जर्बजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएका ३० वर्षीय केदार परियार लाई कास्की प्रहरी ले पोखराको पृथ्वीचोक क्षेत्रबाट पक्राउ गरेको हो।
रौतहट जिल्ला अदालत बाट दोषी ठहर भएका परियार रौतहटको डुमडिया गाउँपालिका–१० निवासी हुन्। अनुसन्धानका अनुसार उनले अझै १८ वर्ष ४ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ।
फरार रहेका परियारलाई वडा प्रहरी कार्यालय बैदाम बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। पक्राउपछि उनलाई कास्की कारागार कार्यालय मा बुझाइएको प्रहरीले जनाएको छ।















