वैशाख १५ देखि रास्वपाको जिल्ला अधिवेशन सुरु हुने

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले अधिवेशन सुरु गर्ने मिति तय गरेको हो। बैठकपछि प्रवक्ता मनिष झा ले वैशाख १५ बाट जिल्ला अधिवेशन सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।

यसअघि सम्पन्न सचिवालय बैठकले तय गरेका एजेन्डा अनुमोदनका लागि भोलि (सोमबार) केन्द्रीय समिति बैठक बस्नेछ। केन्द्रीय समितिमा सचिवालयले गरेका निर्णयहरू प्रस्तुत गरी अनुमोदन गर्ने कार्यसूची रहेको छ।

रास्वपाले संगठन सुदृढीकरण र संरचना विस्तारका लागि जिल्ला अधिवेशनलाई महत्वपूर्ण चरणका रूपमा लिएको जनाएको छ।