कांग्रेस संसदीय दलको नेता चयनका लागि वैशाख ८ मा निर्वाचन

Image

नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस संसदीय दलको कार्यालयले मंगलबार नेता चयनका लागि वैशाख ८ गते निर्वाचन हुने जानकारी दिएको हो।

निर्वाचनमा सहभागी हुन उपत्यका बाहिर रहेका सांसदहरूलाई सोमबारभित्र काठमाडौं आइपुग्न पार्टीले एसएमएसमार्फत आग्रह गरेको छ। त्यस्तै, उपत्यकामा रहेका सांसदहरूलाई बाहिर नजान पनि अनुरोध गरिएको छ।

सांसद गीता गुरुङ का अनुसार, ‘वैशाख ८ गते हुने संसदीय दलको निर्वाचनलाई ध्यानमा राख्दै उपत्यका बाहिर रहेका माननीयहरूलाई ७ गतेभित्र काठमाडौं आउन र उपत्यकामा रहेका माननीयलाई बाहिर नजान सूचना गरिएको छ।’

गत प्रतिनिधिसभा निर्वाचन २०८० मा ३८ सिटमा सीमित भएको कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन। पार्टीभित्र पूर्वसहमहामन्त्री भीष्मराज आङदेम्बे लाई सर्वसम्मत रूपमा नेता चयन गर्ने तयारी भइरहेको जनाइएको छ।