सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनले जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची सोमबार बस्ने केन्द्रीय समिति बैठकबाट पारित गर्ने योजना रहेको जानकारी दिए ।
















