डोनाल्ड ट्रम्पको चेतावनी- इरानले सम्झौतामा हस्ताक्षर गरेन भने पूरै देश ध्वस्त पारिनेछ

Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन्। अहिले भइरहेको वार्तालाई अन्तिम मौका भन्दै इरानलाई शान्ति सम्झौतामा सहमत हुन आग्रह गरेका हुन्। ट्रम्पले भनेका छन्, “यदि इरानले यो सम्झौतामा हस्ताक्षर गर्दैन भने, पूरै देश ध्वस्त पारिनेछ।”

उनले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको सन् २०१५ को परमाणु सम्झौताप्रति असन्तुष्टि जनाउँदै आफूले त्यही गल्ती नदोहोर्याउने समेत बताए ।

यो अभिव्यक्ति अमेरिकासँग इरानको जारी तनाव र वार्ताको बीचमा आएको हो। पछिल्ला दिनहरूमा दुबै देशबीचको वार्ता अझै निष्कर्षमा नपुगेको अवस्थामा रहेको छ भने, अमेरिकाले सम्झौता नभए इरानको पूर्वाधारमा कडा सैन्य कारबाही गर्ने चेतावनी दिएको छ । यता इरानले पनि स्ट्रेट अफ हर्मुज नियन्त्रणमा लिएको छ ।