पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

Image

गृहमन्त्री सुधन गुरुङले आफ्नो विषयमा उठेका विवाद र आरोपबारे प्रतिक्रिया दिँदै अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन्।

विवादित पृष्ठभूमिका एक व्यवसायीसँग आफ्नो नाम जोडिएपछि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले आरोप र सत्य फरक हुने जिकिर गरेका छन्। “आरोप र सत्य एउटै कुरा होइनन्। निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ,” गुरुङले बताएका छन्।

उनले यस विषयमा आफ्नो दलले गर्ने हरेक निर्णय स्वीकार गर्ने प्रतिबद्धता जनाउँदै आवश्यक परे अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने स्पष्ट पारे।

गृहमन्त्री गुरुङले शहीदहरूको बलिदान र जनआन्दोलनको मर्मले आफूलाई जिम्मेवार बनाएको उल्लेख गर्दै अफवाहभन्दा प्रमाणमा आधारित निष्कर्षमा पुग्न सबैलाई आग्रह गरेका छन्।