राष्ट्रिय स्वतन्त्र पार्टीले भूपदेव शाहलाई महामन्त्रीमा चयन गरेको छ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
शाह यसअघि पार्टीका केन्द्रीय सदस्य थिए। उनी वालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत थिए। बालेन शाहसँग निकट मानिने उनी पछि रास्वपामा प्रवेश गरेका थिए।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा शाह अछाम–२ बाट उम्मेदवार बने पनि पराजित भएका थिए। पार्टीले उनको संगठनात्मक अनुभव र भूमिकालाई आधार मानेर महामन्त्रीको जिम्मेवारी दिएको बताइएको छ।















