राष्ट्रिय स्वतन्त्र पार्टीले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ।
अहिले बसिरहेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव पारित गर्ने स्रोतले जनाएको छ। शाह वरिष्ठ नेता तथा वालेन्द्र शाहसँगै रास्वपामा प्रवेश गरेका थिए। उनी काठमाडौं महानगरपालिकामा बालेन शाह मेयर हुँदा प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा रहेका थिए।
गत २१ फागुनको चुनावमा उनी अछाम–२ बाट उम्मेदवार बने पनि पराजित भएका थिए। यसअघि रास्वपाले सुनिल लम्साललाई महामन्त्री र भूपदेव शाहलाई सहमहामन्त्री बनाउने तयारी गरेको चर्चा भए पनि अन्ततः शाहलाई महामन्त्री बनाउने निर्णयतर्फ अघि बढिएको बताइएको छ।
लम्साल हाल भौतिक पूर्वाधारमन्त्री रहेकाले संगठनात्मक जिम्मेवारीमा फेरबदल भएको स्रोतको भनाइ छ।
















