रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।भोलि लाग्ने वैशाखे पूर्णिमाको अवसरमा पूजा गर्न रुकुमपूर्वबाट गइरहेको जिप थवाङ गाउँपालिका अन्तर्गत जलजला क्षेत्रमै दुर्घटनामा परेको हो । जिप करिब ८०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।
प्रहरीले अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जनाएको छ । लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।















