३४ अंक घट्यो सेयर बजार

Image

साताको पहिलो कारोबार दिन सेयर बजार करिब ३५ अंकले घटेको छ । सोमबार (वैशाख २१) बजार ३४.६३ अंक घटेको हो । योसँगै बजार मापक २७०४.०८ विन्दुमा झरेको छ ।

बजार घट्दा २७ कम्पनीको सेयर मूल्य बढेको छ । २४० कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यस दिन चार अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ रुपैयाँबराबरको एक करोड ७४ हजार ५२४ कित्ता सेयर किनबेच भयो ।

फर्वाड माइक्रोफाइनान्स लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो । समूहगततर्फ माइक्रोफाइनान्सबाहेकका सूचक घटेका छन् ।