रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी सभापति रवि लामिछाने ले बैठक बोलाएका हुन् ।

रास्वपाका अनुसार बैठक साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा पार्टीको भेला तथा अधिवेशनको विशेष तालिका, आयोग र विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही तथा केन्द्रीय समिति बैठकलगायत विषयमा छलफल हुने जनाइएको छ ।