सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको छ । अब आज अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले संवत् २०८३ साल वैशाख २८ गते अपराह्न ४ बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने निर्णय पनि स्वीकृत गरिएको छ ।
सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम आगामी आर्थिक वर्षका प्राथमिकता, नीति र कार्यदिशा समेटिएको महत्वपूर्ण दस्तावेज मानिन्छ । अब राष्ट्रपति पौडेलको सम्बोधनपछि नीति तथा कार्यक्रममाथि संसदमा छलफल सुरु हुनेछ ।














