५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

Image

भैरवी गाउँपालिकाकी अध्यक्ष रिता कुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् ।

उनले दिएको करिब ५ लाख रुपैयाँको चेक बाउन्स भएपछि एक स्थानीयले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार अध्यक्ष शाहीलाई हाल हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । थप अनुसन्धानका लागि अदालतबाट म्याद समेत थप गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।