प्रतिनिधिसभाको सुरुमा विपक्षी दलको अवरोध

Image

प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाको बैठक सञ्चालन भएको छ। केहीबेरअघि सुरु भएको बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।

बैठक सुरु हुनासाथ अवरोध भएपछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई अवरोध हटाउन आग्रह गरेका थिए। उनले आकस्मिक समय निर्धारण भइसकेको उल्लेख गर्दै संसद् बैठक अवरुद्ध नगर्न आग्रह गरे।

सभामुखको आग्रहपछि विपक्षी दलका सांसदहरू शान्त बनेका थिए भने त्यसपछि प्रतिनिधिसभा बैठकको कारबाही अघि बढाइएको हो।