प्रतिकूल मौसमले कर्णालीमा हवाई उडान प्रभावित

प्रतिकूल मौसमको कारण कर्णालीका विमानस्थलमा विगत दुई दिनदेखि नियमित हवाई उडान हुन सकेको छैन ।

विगत दुई दिनदेखि हवाई सेवा प्रभावित हुँदा नागरिक समस्यामा परेका छन् ।

कर्णाली प्रदेशका जिल्लामा विगत दुई दिनदेखि लगातार वर्षा भइरहेकाले हवाई सेवा नियमित हुन नसकेको हो ।

डोल्पाको जुफाल, हुम्लाको सिमकोट, मुगुको ताल्चा लगायतका विमानस्थलमा विगत दुई दिनदेखि नियमित हवाई उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।