नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

Image

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन्।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा प्राप्त भएको पुष्टि गरेका छन्।

यसअघि सरकारले विभिन्न संस्थान तथा निकायमा भएका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। सोही निर्णयपछि भट्टले पदबाट राजीनामा दिएको बुझिएको छ।