नुवाकोटमा दुई जना दाजुभाइको शव खोलाको छाँगोभित्र भेटिएका छन् ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) बिक्रम लामाका अनुसार बुधबार दिउँसो करिब ४ बजे म्यागङ गाउँपालिका क्षेत्रमा रहेको खोलाको छाँगोभित्र दुई जनाको शव भेटिएको हो ।मृतकहरू म्यागङ गाउँपालिका–४ किम्ताङ गाउँका ४१ वर्षीय सोमराज तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा पुरानो रिसिइबीका कारण गोली हानी हत्या गरिएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ । यद्यपि, गोली नै प्रहार भएको हो भन्ने विषयमा भने यकिन भइसकेको छैन ।
बुधबार बिहान दाजुभाइ बेपत्ता भएको सूचना पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको थियो । त्यसपछि गरिएको खोजतलासका क्रममा दिउँसो खोलाको छाँगोभित्र उनीहरूको शव फेला परेको डीएसपी लामाले बताए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै, हत्यामा संलग्न व्यक्तिहरूको खोजी कार्य पनि तीव्र पारिएको छ ।
















