सुनको भाउ लगातार घट्दै, दुई दिनमै तोलामा ८ हजार ५०० रुपैयाँले गिरावट

Image

नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लागेको छ । पछिल्ला दुई कारोबार दिनमै सुनको मूल्य प्रतितोला ८ हजार ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरिएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ४ हजार ५ सय रुपैयाँले कम हो ।

अघिल्लो दिन पनि सुनको मूल्य ४ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसयता लगातार गिरावट देखिएको छ ।

यसरी हेर्दा शुक्रबार र आइतबार गरी मात्र दुई दिनमै सुनको मूल्य प्रतितोला ८ हजार ५ सय रुपैयाँले घटेको देखिन्छ ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६० रुपैयाँमा झरेको छ । बिहीबार चाँदीको मूल्य ५ हजार ७४५ रुपैयाँ थियो ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव र मागमा आएको कमीका कारण नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य घटिरहेको छ ।