बारा जिल्लामा रास्वपाका सबै सांगठनिक गतिविधि तत्काल स्थगित

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्लाका सबै सांगठनिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । जिल्ला कमिटी नै विघटन भएपछि सांगठनिक गतिविधि रोकिएको पार्टीले जनाएको छ ।

पार्टीले यसअघि गत वैशाख २७ गते बारा जिल्ला कमिटी विघटन गरेको थियो । त्यसपछि संगठन पुनर्संरचनाको प्रक्रियाअन्तर्गत हालका सबै तहगत कार्यक्रम स्थगित गरिएको हो ।

बारा जिल्ला संगठन निर्माण समितिकी संयोजक कामिनी चौधरी का अनुसार संगठनात्मक समस्या समाधान तथा समन्वयका लागि आउँदो शनिबार विस्तारित बैठक बोलाइएको छ ।

उनले जारी गरेको विज्ञप्तिमा वडा, पालिका तथा निर्वाचन क्षेत्र स्तरीय सबै सांगठनिक कार्यक्रम तत्कालका लागि स्थगित गरिएको उल्लेख गरिएको छ ।

पार्टीले बारा जिल्लामा नयाँ संरचना निर्माणपछि मात्रै नियमित सांगठनिक गतिविधि पुनः सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।