स्कटल्यान्डविरुद्ध नेपालले टस हार्‍यो, पहिले बलिङ गर्दै

Image

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली ले स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली विरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको छ ।

स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । अमेरिकाविरुद्ध शानदार जित निकालेको टोलीलाई नै निरन्तरता दिँदै नेपालले पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन । अघिल्लो खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका इशान पाण्डेले आज पनि टोलीमा स्थान बनाएका छन् ।

यता स्कटल्यान्डका ओली जोन्सले आज एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दैछन् । यसअघि यही सिरिजअन्तर्गत भएको भेटमा नेपाल स्कटल्यान्डसँग डीएलएस पद्धतिमा २ रनले पराजित भएको थियो । त्यसपछि अमेरिकालाई ९ विकेटले हराएको नेपाल आज जितको लय कायम राख्ने लक्ष्यसहित मैदानमा उत्रिएको हो ।

लिग–२ को अंकतालिकामा नेपाल २६ खेलबाट २० अंकसहित सातौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको स्कटल्यान्डको ३० खेलबाट ३८ अंक रहेको छ । आजको खेलमा स्कटल्यान्डलाई पराजित गर्न सके नेपालको स्थान सुधार हुने सम्भावना रहेको छ ।