साताको दोस्रो कारोबारमा पनि सेयर बजार घटेको छ । मंगलबार बजार ६.५१ अंकले घटेको हो । यससँगै बजार मापक २७२४.३९ विन्दुमा झरेको छ ।
अघिल्लो दिन पनि बजार १.०३ अंकले घटेको थियो । बजार घटे पनि अघिल्लो दिनको तुलनामा कारोबार भने बढेको छ । ११३ कम्पनीको सेयर मूल्य बढेको छ । १४५ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनी स्थिर रहे ।
तीन अर्ब आठ करोड ७७ लाख ३० हजार ९६२ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ७८ लाख १६ हजार ४७८ कित्ता सेयर ४५ हजार ५१९ पटकमा किनबेच भएको थियो । अघिल्लो दिनको कारोबारमा दुई अर्ब ४५ करोडको सेयर किनबेच भएको थियो ।
कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल रिपब्लिक मिडिया, दरमखोला हाइड्रो, नेपाल एसबीआई बैंक डिबेन्चरको सेयर मूल्य उच्च कमाउने शीर्ष कम्पनी रहे ।
विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स, नन लाइफ इन्स्योरेन्स समूह बढ्दा बाँकी समूहसूचक घटेका छन् ।













